Monday, March 6, 2017

कतारको बसाईमा नघुमी नहुने १० महत्वपूर्ण स्थानहरु: न ६ मा नगए के कतार बसाई भयो


Share
हालै कतार विश्वको ७ अद्भुद शहरमा आफ्नो नाम सुचिकृत गरेको छ ! कतारका गगनचुम्बी भवन र हेर्दा अनौठो देखि बिल्डिंगहरुले गर्दा कतारले अन्फो नाम ७ वनडर सिटीमा आफ्नो नाम सामेल गरेको हो ! कतारमा अत्यधिक आकर्षक ठाउँहरु छन् जहाँ घुमेर हामीले आफ्नो कतार बसाई अविस्मरणीय बनाउन सक्छौं !
यदि तपाई कतारमा घुम्न अथवा कामको शिलसिलामा हुनुहुन्छ भने यी १० ठाउँ हरुमा घुमेर आफ्नो कतार बसाईलाइ अविस्मरणीय बनाउन सक्नु हुन्छ !
१. इस्लामी कला संग्रहालय (Museum of Islamic Art)
इस्लामिक कला संग्राहलय विश्व प्रसिद्ध आर्किटेकट आइ एम पाईले डिजाइन गर्नु भयो को हो ! इस्लामी कला संग्रहालय संग्राहालय एउटा स्मारक संग्राहलय हो ! यस संग्राहलयमा विश्वको सबै भन्दा धेरै इस्लामिक कला संकलित गरिएको छ ! १४०० बर्ष पुराना इस्लामिक कला तथा संकृत झल्किने गरि विभिन्न कलाका सामाग्री हरु समावेश गरिएको छ ! कतारको बसाईमा यो ठाउँ घुम्ने पर्ने ठाउँ मध्येको एउटा स्थान हो !
२. दोहा कर्निच (Doha corniche)

सजिलै संग पुग्न सकिने दोहा को कर्निच जहाँ धेरै भिडभाड भएपनि कतारमा सबै भन्दा प्रख्यात अथवा धेरै मान्छे घुम्ने स्थानहरु मध्ये को एउटा हो दोहा कर्निच ! समुन्द्रको तटीय क्षेत्र भएको र ओरपर पानीका फोहोरा द्वारा कलाकृत ढंगले सजिएको दोहा कर्निच पैदल यात्री हरुको लागि एकदमै उपयुक्त स्थान हो ! घुमफिरको लागि मात्र नभएर दोहा कर्निच ब्याम गर्न चाहने हरुको लागि पनि त्यतिकै राम्रो छ ! कर्निचमा ब्यामको लागि विभिन्न सामाग्री हरु राखिएको छ !
दोहा कर्निच बाट दिउसोको समयमा समुन्द्रको तटीय आनन्द लिउन सकिन्छ भने बेलक शुर्य सूर्यास्तको आनन्द लिउन सकिन्छ, बेलुका त्यहाँ बसेर हेर्दा सिटी सेन्टर तिर रंगी विरंगी लाइट इफेक्ट हेरेर आनन्द लिउन सकिन्छ !
३. सौक वाकिफ (Souq Waqif)
सौक वाकिफ दोहा कर्निच देखि केहि मिनेटको दुरीमा स्थित छ ! सौक वाकिफ दोहाको सामाजिक केन्द्रको रुपमा परिचित भएको पाइन्छ ! सौक वाकिफ शपिंग गर्नको लागि, फुर्सदको समयमा मिठो परिकारका नास्ताको आनन्द लिउदै समय बिताउने ठाउँको रुपमा परिचित ठाउँ हो ! हामी नेपाली हरुको आयश्रोतको तुलनामा अलिकति महँगो हुने हुँदा दैनिक सौक वाकिफमा गएर मनोरंज गर्न सकिदैं तरपनि कतार बसाईमा एक पटक घुम्ने पर्ने स्थानहरु मध्य सौक वाकिफ पनि एउटा हो !
४. अस्पाइर पार्क (Aspire Park)
अस्पाइर पार्क खाडी क्षेत्रकै सबै भन्दा ठुलो पार्क हो र कतारको सबै भन्दा उत्ताप रमणीय पार्क हो ! यस पार्क बाट देखिने मनोरम दृश्यले गर्दा र धेरै ठुलो क्षेत्रफ़ल भएको हुँदा यहाँ बसेर कतारको आनन्द लिउन सकिन्छ !
शुक्रवार र सनिबार धेरै भिडभाड रहने यस पार्क धेरै जसो परिवार भएका व्यक्तिहरुले पिकनिक गरेको र हरियो दुबोमा हिड्दै रमाईलो गरेको देख्न सकिन्छ ! यस पार्कको अर्को विशेषता के छ भने पार्कमा बसेर कतारको टर्च टावरको अवलोकन गर्न सकिन्छ बेलुकाको समयमा त झन् चारै तिर झिलिमिली बत्ति बलेको र टर्च टावरमा विभिन्न कलरफुल लाइट इफेक्ट हेर्न मिल्ने हुँदा अबेर सम्म पनि भिडभाड उत्तिकै रही रहन्छ !
यो टर्च टावर यसलाई अस्पाइर टावरपनि भनिन्छ यो आश्चर्यजनक ३०० मिटर उचाईको रहेको छ यसले १५ औं एसियन खेलकुदमा ठुलै टर्च बालेर खेलमैदान मनोरम बनाइएको थियो भने अहिले यसमा अत्यन्तै सुन्दर होटल राखिएको छ ! एक पटक यसमा छिर्नै पर्ने ठाउँहरु मध्येको एउटा ठाउँ यो पनि हो !
६. दि पर्ल कतार (The Pearl Qatar)
दि पर्ल कतार समुन्द्रको विचमा रहेको टापु हो ! यस टापु  मानव द्वारा निर्माण गरिएको हुँदा विश्वकै उत्कृष्ट हेर्ने लाएक स्थानहरु मध्यमा एउटा पर्छ दि पर्ल ! तपाईहरु धेरैलाइ थाहा नहोला कतारमा आफ्नो नाममा घर बनाउन मिल्दैन तर यस दि पर्ल टापुमा भने जुनसुकै विदेशीले पनि आफ्नो लगानीमा आफ्नै नाममा बनाउन सक्छन जुन कतारको एक मात्र ठाउँ हो !
दि पर्ल भनेर यसको नामांकरण त्यै स्थानको पुरानो नाम बाट राखिएको हो जुन धेरै बर्ष पहिले मोति पाइन्थ्यो ! धेरै मानिसहरु यहाँ अत्यधिक महंगा सामान हरु किन्नकै लागि आउने गर्दछन भने हामी नेपाली हरु साधारण क्याफेमा बसेर समुन्द्रमा बोटिंग गर्दै दि पर्लको आनन्द उठाउन सक्छौं !
७. सी लाइन बीच रिसोर्ट (Sealine Beach Resort)
तपाई कतारमा बस्दा घुम्नै पर्ने मध्येको स्थान हो सी लाइन बीच जहाँ प्राकृतिक बालुवाका पहाड छन् ! तपाई सीलाइनमा गएर विभिन्न किसिमका खेलकुद हरु खेल्न र रमाइला दृश्य अवलोकन गर्न सक्नु हुन्छ ! त्यसमै झन् महत्वपूर्ण स्थानहो बीच रिसोर्ट जहाँ तपाई अरबियन परिकार र अरबियन संस्कृतिमा रमाउन सक्नु हुन्छ !
http://daily.gulfact.com/%E0%A4%95%E0%A4%A4%E0%A4%BE%E0%A4%B0%E0%A4%95%E0%A5%8B-%E0%A4%AC%E0%A4%B8%E0%A4%BE%E0%A4%88%E0%A4%AE%E0%A4%BE-%E0%A4%A8%E0%A4%98%E0%A5%81%E0%A4%AE%E0%A5%80-%E0%A4%A8%E0%A4%B9%E0%A5%81%E0%A4%A8/

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Facebook Themes